दफा १५४
अधिकृत वारिस मार्फत अचल सम्पत्तिको हक हस्तान्तरण गर्न सक्ने

(१) आफ्नाे हक र स्वामित्वको कुनै अचल सम्पत्ति किटान गरी बिक्री वितरण वा सट्टापट्टा गर्न वा हालैको बकसपत्रगरिदिने वा अन्य कुनै तरिकाले हक हस्तान्तरण गर्ने वा कानून बमोजिम रजिष्ट्रेशन गर्नु पर्ने लिखत पारितगराउन कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिले आफू उपस्थित हुन नसक्ने मनासिब कारण खुलाई वारिसनामाद्वारा अधिकृत वारिस नियुक्त गरीत्यस्तो सम्पत्ति बिक्री वितरण वा सट्टापट्टा गर्न वा हालैको बकसपत्र वा अन्य कुनै किसिमबाट हक हस्तान्तरणगर्न वा कुनै किसिमको लिखत रजिष्ट्रेशन पारित गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अधिकृत वारिस नियुक्त गर्दा दफा १५३ को उपदफा (२) र (३) बमोजिमको कार्यविधि पूरा गर्नुपर्नेछ ।
(३) उपदफा (१) बमोजिम अधिकृत वारिस नियुक्त भएको व्यक्तिले वारिस नियुक्त गर्ने व्यक्तिको तर्फबाट निजलाई दिएको वारिसनामाको शर्तको अधीनमा रही आवश्यक कार्यगर्न सक्नेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अधिकृत वारिस नियुक्त गरी शेषपछिको बकसपत्र गर्न सकिने छैन।
(५) यस दफा बमोजिमको वारिसनामाप्रमाणित गर्दा तीन पुस्ताको नाताभित्र भएमा दफा १५३ को उपदफा (४) बमोजिम र सो बाहेक अरुलाई सम्पत्ति बिक्रीगर्न वा हक छाडी दिने गरी गरिएको वारिसनामाप्रमाणित गर्दा पाँच हजार रुपैयाँ दस्तुर लाग्नेछ।